• ट्रेण्डिङ्ग :
कांग्रेस प्रदेश २ अधिवेशन : पाँच जना सदस्य निर्विरोध निर्वाचित

कांग्रेस प्रदेश २ अधिवेशन : पाँच जना सदस्य निर्विरोध निर्वाचित


  • 7.8K
    SHARES
    • पौष ७, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    कांग्रेस प्रदेश २ अधिवेशन : पाँच जना सदस्य निर्विरोध निर्वाचित

    सप्तरी, ७ पुस । नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा सप्तरीका दुईसहित पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    images

    निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् ।

    मधेसी महिलातर्फ पर्साकी किरण कुमारी र आदिवासी जनजातिमा मनमया तमाङनी निर्विरोध निर्वाचित भएका हुन्।

    प्रदेशको नयाँ नेतृत्वका लागि हालसम्म निर्वाचन सुरु हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट कृष्ण यादव र विमलेन्द्र निधि तथा शेखर कोइरालाको संयुक्त टिमबाट रामसरोज यादवले सभापतिमा उम्मेदवारी दिएका छन्।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा