• ट्रेण्डिङ्ग :
सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली


  • 3.8K
    SHARES
    • श्रावण १, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    सेयर बजारमा हरियाली

    दाङ १ साउन /
    चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । ४७.०७ अंकले बढेको बजार २१४४.१६ विन्दुमा उक्लियो । यो २.२४ प्रतिशतको वृद्धि हो । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए । सबैभन्दा धेरै (४.१४ प्रतिशत) विकास बैंकका लगानीकर्ताले कमाए । वित्त, होटल एण्ड टुरिजम र बैंकिङ सव इण्डेक्समा समेत लगानीकर्ताको आकर्षण देखियो ।

    images

    सोमबार २५७ धितोपत्रको ५० हजार २९९ वटा कारोबारबाट ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको भएको छ । बीपीडब्यू लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको कारोबार आज सकारात्मक सर्किट लेवलमा भएको छ । कुमारी धनवृद्धि योजना, सानिमा ग्रोथ, सानिमा लार्ज क्याप फण्डसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

    सोमबार शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक, सोल्टी होटलसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।


    तेस्रो आँखा