• ट्रेण्डिङ्ग :
बजेटका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

बजेटका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी


  • 3.2K
    SHARES
    • श्रावण ४, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 4.9K Views

    बजेटका लक्ष्यहरू पूरा गर्ने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

    काठमाडौँ, ४ साउन । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी बजेटका लक्ष्यहरू पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भएपनि कर्जा बिस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउने उल्लेख गरे । उनले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धि अनुसार नै मौद्रिक नीति आउने बताए ।

    images

    गभर्नर अधिकारीले बजेटले राखेको मूल्यको दर भित्र रहने गरी मौद्रिक नीति तर्जुमा गर्ने गरेको बताए । उनले समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार गरिने बताए । उनले मौद्रिक नीति आगामी वर्षमा बजेटले लक्षित गरेको आर्थिक वृद्धिको लागि मुद्रा प्रदायकहरूलाई आवश्यक पर्ने तरलता प्रदान गर्ने मुख्य उद्देश्य राखेर मौद्रिक नीति तय हुने जानकारी दिए । उनले राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने,बाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई शिरमा राखेर मौद्रिक नीति जारी गर्ने उल्लेख गरे ।

    उनले भने ‘बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धि अनुसार नै मौद्रिक नीति आउँछ । बजेटले राखेको मूल्यको दर भित्र रहने गरी हामीले मौद्रिक नीति तर्जुमा गर्ने गरेका छौँ । समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरे मौद्रिक नीति तयार गर्ने गरेका छौँ । मौद्रिक नीति आगामी वर्षमा बजेटले लक्षित गरेको आर्थिक वृद्धिको लागि मुद्राप्रदायकहरुलाई आवश्यक पर्ने तरलता प्रदान गर्ने मुख्य उद्देश्य लिएर मौद्रिक नीति तय हुन्छ । राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने,बाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई सिरमा राखेर मौद्रिक नीति जारी गर्छौँ । मुलुकको ११ महिनाको आर्थिक तथ्याङ्क हाम्रो हातमा आएको छ । असार मसान्तको तथ्याङ्क आउन बाँकी छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्य वृद्धि ७ प्रतिशत रहने अनुमान गर्नसक्छौं । निक्षेप राम्रो भएपनि कर्जा बिस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउँछ । कर्जाको मागमा कमी हुनुको प्रमुख कारण बजारमा समग्र मागको कमी भएको छ । बैङ्किङ क्षेत्रमा असारमा तरलता राम्रो बढेको भन्दै उनले सिआरआर बाहेक नै करिब ८८ अर्ब तरलता प्रणालीमा रहेको छ । करिब ६० अर्ब राष्ट्र बैकले खिचेको छ । ब्याजदर अघिल्ला वर्षको तुलनामा केही माथि भएपनि पछिल्ला दिनमा घट्दो क्रममा छ । बैङ्किङ क्षेत्र बलियो हुनुपर्छ र मौद्रिक नीति त्यसमा केन्द्रित रहनेछ ।’

    गभर्नर अधिकारीले राष्ट्र बैंकको नीतिमार्फत कुल लगानीको ४० प्रतिशत ऊर्जामा लगानी भइरहेको बताए । उनले राष्ट्र बैङ्कले कुनै एउटा क्षेत्र र उद्योगमा र आयातमा मात्रै कर्जा नजाओस् भनी आन्तरिक उत्पादनमा कर्जाको प्रवाह गर्ने नीति बनाएको बताए । उनले मौद्रिक नीति तयार गरी राख्दा राष्ट्र बैङ्कलाई महत्वपूर्ण चुनौती उत्पादनशील क्षेत्रमा उत्पादनकै लागि कर्जाको परिचालन देखिएको बताए ।

    उनले ठुलै सङ्ख्यामा रोजगारी, धेरै उत्पादन, राजश्वमा योगदान गरी अर्थतन्त्र चलायमान बनाउने क्षेत्रमा लगानी बढाउनु पर्ने बताए । उनले सरकारले १० खर्ब रुपैयाँ एक वर्षमा राजश्व उठाउने गरेको भन्दै उक्त राजश्व निजी क्षेत्रबाट र उद्योगधन्दाबाट नै आएको बताए । उनले राष्ट्र बैङ्कले बनाएका तथ्याङ्क निश्चित प्रमाण र आधार भएर नै आएको बताए । उनले अर्थतन्त्र सुधार गर्नको लागि केही संरचनागत हिसाबले काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले त्यसका लागि एक दुई वर्षमा सुधार गर्न सक्ने अवस्था रहेको बताए ।


    तेस्रो आँखा