• ट्रेण्डिङ्ग :
महिलाको मृत्युपछि चिकित्सक भागे, अस्पतालमा ताला

महिलाको मृत्युपछि चिकित्सक भागे, अस्पतालमा ताला


  • 3.1K
    SHARES
    • श्रावण ६, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 4.8K Views

    महिलाको मृत्युपछि चिकित्सक भागे, अस्पतालमा ताला

    जनकपुरधाम, ६ साउन । जनकपुरधामको रामानन्दचोकस्थित रहेको जनकपुर सुरक्षा अस्पतालमा उपचारको क्रममा महिलाको मृत्यु भएपछि चिकित्सक भागेका छन् । घटनापश्चात चिकित्सकहरु अस्पताल छाडेर भागेपछि बिरामीलाई अन्यत्र सारेर अस्पतालमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले बताए ।

    images

    मृतक महिलाको शव भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । पाठेघरमा घाउँ भएपछि गत बुधबार दिउँसो शल्यक्रियाका लागि भर्ना भएकी जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साहको शुक्रबार  दिउँसो मृत्यु भएको थियो । मृतकका भाइ उदयकुमार साहका अनुसार बुधबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया असफल जस्तो भएपछि चिकित्सकहरु आत्तिएर तुरन्तै टाका लगाएका थिए । शुक्रबार दिउँसो २ बजेतिर शौचालय गएको बेला सोनिया अचानक बेहोस भएकी थिइन् । केहीबेरमै चिकित्सक तथा स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर अन्य लग्ने प्रयासमा थिए । आफन्तजनले रोकेर कराएपछि स्थानीयहरु जम्मा भएका थिए ।

    ‘हामीलाई नसोधी डाक्टर नर्सहरुले आफैं एम्बुलेन्समा राखेर उपचारको लागि बाहिर लग्दै छौं भन्यो । हामीले मान्छे बोलाएर रोकायौं । हेरेपछि दिदीको मृत्यु भइसकेको थियो,’ भाइ उदयले भने, ‘लगतै डाक्टरले पुलिस बोलाएर सबैजना भागे । दिदीको अप्रेशनमा लापरबाही गर्दा नै मृत्यु भएको हो ।’ डा.सरोज ठाकुरले संचालन गरेको अस्पतालमा महिलाको मृत्यु पश्चात आफन्तजनले लास गेटमै राखेर प्रदर्शन गरेका थिए । अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो । कुनै प्रकारको क्षति हुन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । चिकित्सकहरु भागेपछि अन्य बिरामीहरुलाई अन्यत्र हस्पिटलमा सारिएर ताला लगाइएको हो । पाँच घण्टा पश्चात राति साढे ८ बजेतिर शव पोस्टमार्टमका लागि लगिएको हो ।


    तेस्रो आँखा