• ट्रेण्डिङ्ग :
विद्युत् महशुल नतिरेपछि क्रिकेट रंगशालाको विद्युत लाइन काटियाे

विद्युत् महशुल नतिरेपछि क्रिकेट रंगशालाको विद्युत लाइन काटियाे


  • 7.6K
    SHARES
    • पौष ८, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    विद्युत् महशुल नतिरेपछि क्रिकेट रंगशालाको विद्युत लाइन काटियाे

    काठमाडौं, ८ पुस । धुर्मुससुन्तली फाउण्डेसनले बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विद्युत लाइन काटिएको छ। आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको  रङ्गशालाको विद्युत् महशुल नतिरेको र बक्यौता बढी भएपछि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बुधबार लाइन काटेको हो। 

    images

    प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महशुल आठ लाख ८७ हजार पुगेको छ। यो महशुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए। 

    धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको रङ्गशालामा आर्थिक अभाव भएपछि फाउण्डेसन निर्माणबाट पछि हटेको छ । फाउण्डेसनले रु १७ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको भन्दै स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोधसमेत गरेको छ। 

    प्राधिकरणले मदिरा उत्पादक कम्पनी माउन्ट एभरेष्ट ब्रुअरीले ३७ लाख ४१ हजार बक्यौता तिर्न बाँकी रहेपछि सो उद्योगको पनि लाइन काटेको छ। यससँगै साना १२ फर्म तथा संस्थाको लाइन काटिएको पौडेलले जानकारी दिए। पचास हजारभन्दा बढी ग्राहक रहेको भरतपुर वितरण केन्द्रमा ६० दिन नाघेका बक्यौतासहित रु एक करोड ४० लाख हाराहारी महशुल उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ। 

    विगत केही वर्ष अघियस कार्यालयमा बक्यौता मात्र रु सात करोडसम्म पुगेको पौडेलले जानकारी दिए। पछिल्ला वर्षहरुमा महशुल असुलीमा कडाइ गरेपछि बक्यौता घटेको हो।