काठमाडौं, ८ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट १७ जना विजयी भएका छन्। सभापतिदेखि केन्द्रीय सदस्यसम्म गरी १७ जना विजयी भएका हुन्। विजयी हुनेमा १४ जना संस्थापन पक्षबाट रहेका छन् भने ३ जना इतरसमूहबाट विजयी भएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सहमहामन्त्रीमा बद्री पाण्डे, केन्द्रीय सदस्यमा एन पी साउद, रमेश लेखक, नैनसिंह महर, दिलेन्द्र प्रसाद बडू बिजयी भएका हुन्।
यस्तै, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, डा. रणबहादुर रावल, यज्ञराज जोशी, सुशीला मिश्र भट्ट, नृपबहादुर वड, प्रकाश स्नेही रसाईली, राम जनम चौधरी, जीवन राना, अर्जनजंगबहादुर सिंह र गोविन्दबहादुर शाह विजयी भएका हुन्।
कांग्रेस सहमहामन्त्रीमा विजयी भएका बद्री पाण्डे, केन्द्रीय सदस्य दिलेन्द्र बडू र प्रकाश स्नेही रसाइली इतर समूहका हुन्।
