• ट्रेण्डिङ्ग :
आज सुनको मुल्य तोलामा ८ सयले बढ्यो

आज सुनको मुल्य तोलामा ८ सयले बढ्यो


  • 3.5K
    SHARES
    • श्रावण ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    आज सुनको मुल्य तोलामा ८ सयले बढ्यो

    काठमाडौं, ११ साउन । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८ सय रुपैयाँ बढी हो ।

    images

    यसअघि ४ साउनका दिन सुनको मूल्यले नयाँ रेकर्ड राख्दै १ लाख १३ हजार ६ सय रुपैयाँसम्म पुगेको थियो । आज सोही मूल्यको नजिक पुगेको छ ।

    बुधबार सुनको कारोबार १ लाख १२ हजार ७ सय रुपैयाँ प्रतितोलामा भइरहेको थियो । आज छापावाल सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा भइरहेको छ ।

    चाँदीको मूल्य समेत आज बढेर १ हजार ४९० पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४६५ रुपैयाँ रहेको थियो ।


    तेस्रो आँखा