• ट्रेण्डिङ्ग :
कोशी प्रदेशको काम चलाउ मुख्यमन्त्रीमा पुनः कार्की 

कोशी प्रदेशको काम चलाउ मुख्यमन्त्रीमा पुनः कार्की 


  • 9.1K
    SHARES
    • श्रावण ११, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 14.0K Views

    कोशी प्रदेशको काम चलाउ मुख्यमन्त्रीमा पुनः कार्की 

    काठमाडौं, ११ साउन । हिक्मत कार्की भोलि बिहान कोशी प्रदेशको सत्तामा फर्किने भएका छन् । हाल काठमाडौंमा रहेका कार्कीले शुक्रबार प्रदेशमा गएर पुनः पद सम्हाल्ने उनका कानुन व्यवसायी समेत रहेका वरिष्ठ अधिवक्त्ता टिकाराम भट्टराईले बताए।

    images

    सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया नमिलेको भन्दै बदर गरिदिएपछि कार्की पुनः काम चलाउ मुख्यमन्त्री बनेका हुन्। कार्कीले असार १७ गते विश्वासको मत लिँदा बहुमत पाएका थिएनन्। अब सर्वोच्चले एकसाता भित्रमा संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि आह्वान गर्न आदेश दिएको छ।

    एकसाता भित्रमा दुवै पक्षले बहुमत जुटाएर दाबी पेह गर्न सक्ने छन्। यदी सत्ता गठबन्धनले बहुमत जुटाउन नसके कार्की नै ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त हुनेछन्। त्यसपछि पनि उनले विश्वासको मत लिनुपर्छ।

    विश्वासको मत नपाए उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान हुनेछ। स्वतन्त्र सांसदले पनि यो उपधारा अनुसार सरकार गठनका लागी बहुमत जुटाएर दाबी पेश गर्न पाउने छन्। तर बहुमत जुटाएर कसैले दाबी पेश गर्न नसकेमा भने कोशी प्रदेश सभा स्वतः भंग हुनेछ। त्यो अवस्थामा कार्कीकै नेतृत्वमा निर्वाचन हुनेछ।

    सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आज कोशी प्रदेश सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई त्रुटीपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको छ ।


    तेस्रो आँखा