• ट्रेण्डिङ्ग :
दोहोरो अंकले घट्यो नेप्से 

दोहोरो अंकले घट्यो नेप्से 


  • 3.1K
    SHARES
    • श्रावण १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 4.7K Views

    दोहोरो अंकले घट्यो नेप्से 

    दाङ १६ साउन/ साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । घट्दो बजारमा पनि म्युचुअल फण्डका लगानीकर्ताहरुले भने कमाएका छन् । अन्य सबै उपसूचक राताम्य हुँदा म्युचुअल फण्डमा ०.३५ प्रतिशतको वृद्धि देखियो ।

    images

    मंगलबार २६२ धितोपत्रको ४० हजार ८३७ वटा कारोबारबाट ६० लाख १५ हजार ६७ कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार ८९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    मंगलबार होटल र टुरिजम, वित्त, विकास बैंक तथा जलविद्युत क्षेत्रका लगानीकर्ताले धेरै गुमाएका छन् । सबैभन्दा धेरै सुपर मादी हाइड्रोपावर ४.६० प्रतिशतले बढ्यो । सिक्लेस हाइड्रोपावर, बीओके डिभेञ्चर, एनएमबी ५० सहितका धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।

    किसान लघुवित्त, हिमालयन लघुवित्त, प्रोग्रेसिभ फाइनान्ससहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । अपर तामाकोशीको मंगलबार धेरै कारोबार भएको छ ।


    तेस्रो आँखा