• ट्रेण्डिङ्ग :
ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँले घट्दै, पेट्रोल र डिजेलको बढ्ने

ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँले घट्दै, पेट्रोल र डिजेलको बढ्ने


  • 3.8K
    SHARES
    • श्रावण १६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.9K Views

    ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँले घट्दै, पेट्रोल र डिजेलको बढ्ने

    काठमाडौं, १६ साउन । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने भएको छ । मंगलबार भारतीय आयल निगम (आईओसी)बाट ग्यासको मूल्य प्रतिसिलिन्डरमा १०० रुपैयाँले घटेर आएको छ । नेपालमा स्वचालित प्रणाली लागु भएकाले अब सोहीअनुसार मूल्य घट्ने नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

    images

    ‘आज बेलुका ५ बजे बोर्ड बैठक बस्दै छ, ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँ हाराहारीले घटेर आएको छ,’ उनले भने, ‘त्योअनुसार स्वचालित मूल्य लागु हुन्छ । बैठकले निर्णय गर्छ ।’

    उनका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने बढेर आएको छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटरमा ८, डिजेल प्रतिलिटरमा सात, मट्टीतेल प्रतिलिटरमा ७ रुपैयाँ ५० पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटरमा आठ रुपैयाँ ५० पैसाका दरले बढ्नेछ ।

    नेपालमा नयाँ मूल्यसूची आजै राति १२ बजेदेखि लागु हुने उनको भनाइ छ ।


    तेस्रो आँखा