दाङ,कात्तिक २ ।
लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी क्षेत्रको खाली रहको वनको जग्गा भोगाधिकारका लागि संघीय सरकारसंग माग गर्ने भएको छ । स्थायी राधजानीमा रहेको पर्यटक , ग्रामिण तथ सहरी बिकास मन्त्रालयमा मुख्यमन्त्री कुलप्रसाद केसी सहित केहि मन्त्रीहरु तथा सरोकारवाला पक्षको बैठकले स्थाायी राजधानी क्षेत्रमा रहेको खाली वन क्षेत्र भोगाधिकार माग गर्दै संघीय सरकार समक्ष माग गर्ने निर्णय गरेको हो । यसैगरि बैठकले गढवामा रहेको सरस्वती माविको १८ बिघा जग्गा राप्ती प्राविधिक शिक्षालयका लागि भोगाधिकार माग गर्दै सिफारीस गर्ने निर्णय पनि गरेको प्रदेशका स्वास्थ्यमन्त्री ईन्द्रजीत चौधरीले जानकारी दिए । उक्त माविको जग्गा राप्ती प्राविधिक शिक्षालयको नाममा भोगाधिकार प्राप्त भए शिक्षालय उक्त माविमा स्थानान्तरण हुने छ । यसो हुन सके शिक्षालयको भौतिक संरचना संगै उसको जग्गा पनि प्रदेश सरकारले भोगचलन गर्ने बाटो खुल्ने छ ।
साथै राजधानीको बस्ती ब्यवस्थापन लागि स्थानीय तहले गरेको सिफारीसका आधारमा गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री चौधरीले जानकारी दिए ।
