• ट्रेण्डिङ्ग :
प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ  दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ  दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय


  • 8.9K
    SHARES
    • कार्तिक २, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ  दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

    १ कार्तिक,सुर्खेत ।  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ  वजेट विनियोजन गर्ने भएको छ ।

    images

    बर्षका कारण आएको बाढी र पहिरो प्रभावितलाई तत्काल उद्दार, राहत र परिचालनका लागि बजेट दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।

    sudurpaschim.png

    मंगलबार साँझ मुख्यमन्त्री त्रिलोचन भट्टले आकस्मिक बैठक बोलाएका थिए । बेठकले  दुइटा निर्णय गरेको छ ।  मन्त्री जोशीले बताइन्।

    मन्त्री जोशीका अनुसार  प्रदेश सरकारको  ९ वटै जिल्लालाई तत्कालका लागि २५ लाख उपलब्ध गराउने जसबाट प्रत्येक जिल्लामा प्रहरी र सशस्त्र प्रहरीलाई ५ / ५ लाख रुपैयाँ र नौ वटै जिल्ला प्रशासनलाई १५ / १५ लाख रुपैयाँ रकम दिइने छ ।

    अहिले तत्कालका लागि खोजी उद्दार र परिचालनमा यो बजेट खर्च हुनेछ, आवश्यक परे प्रदेश सरकारले थप बजेट दिने मन्त्री जोशी बताईन् ।   प्रदेश सरकारले संघ र स्थानीय सरकार सँगको समन्वय, सुरक्षा संयन्त्र सहितसँगको सहकार्यमा यो विपद्का बेला काम गर्ने मन्त्री जोशीले बताइन्।


    तेस्रो आँखा