• ट्रेण्डिङ्ग :
अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री महत

अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री महत


  • 3.4K
    SHARES
    • श्रावण २७, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 5.3K Views

    अर्थतन्त्रमा देखिएका समस्या अस्थायी हुन् : अर्थमन्त्री महत

    काठमाडौं, २७ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या अस्थायी भएकाले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । शनिबार ललतिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images

    अर्थमन्त्री महतले नेपाल अहिले बिस्तारै विकासको बाटोमा अघि बढीरहेको बताए । उनले नेपालमा व्यापार व्यवसाय गर्नको लागि ठूलो अवसर रहेको भन्दै नेपाल विदेश भन्दा सबै किसिमले व्यापार व्यवसायका लागि राम्रो रहेको बताए ।

    उनले नेपालमा आइटी क्षेत्रले उल्लेखनीय काम गरिरहेको भन्दै बजेटमा पनि आइटी क्षेत्रमा लगानी गर्ने लगानी कर्ताका लागि राम्रो अवसर दिएको बताए । उनले आइटी क्षेत्र नेपालमा राम्रो रहेकाले लगानी बढाउन आग्रह गरे ।

    अर्थमन्त्री महतले नेपालको अहिलेको चुनौति भनेको देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको बताए ।


    तेस्रो आँखा