• ट्रेण्डिङ्ग :
बैतडीमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

बैतडीमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु


  • 6.9K
    SHARES
    • कार्तिक २, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    बैतडीमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु

    २ कात्तिक, धनगढी । बैतडीमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ ।

    images

    Landslide-Pahiro.jpg

    अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर शिवनाथ गाउँपालिका–६ मा एक बालक सहित तीन जनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्दले बताइन्  ।

    मृत्यु हुनेमा स्थानीय भालु पार्कीका बुहारीद्धय १८ वर्षीया पवित्रा पार्की र २४ वर्षीया भानु पार्की तथा तीन वर्षीया नाती सोम पार्की रहेको  उपाध्यक्ष चन्दले बताइन् ।

    उनीहरुको मंगलबार करिब तीन बजेको समयमा पहिरोमा पुरिएर मृत्यु भएको भएपनि फोन सम्पर्क नहुँदा ढिलो गरेर खबर प्राप्त भएको उपाध्यक्ष चन्दले बताइन् । घटना स्थल पुगेको प्रहरी टोलीले तीनै जनाको शव निकालेर परीक्षणका लागि अस्पताल पठाएको जिल्ला प्रशरी कार्यालय बैतडीले जनाएको छ ।  ।


    तेस्रो आँखा