• ट्रेण्डिङ्ग :
बाँके प्रेस युनियनलाई नेपालगन्ज ग्रिनसिटीले जग्गा दिने

बाँके प्रेस युनियनलाई नेपालगन्ज ग्रिनसिटीले जग्गा दिने


  • 4.3K
    SHARES
    • श्रावण ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 6.5K Views

    बाँके प्रेस युनियनलाई नेपालगन्ज ग्रिनसिटीले जग्गा दिने

    नेपालगन्ज, ३० साउन । नेपाल प्रेस युनियन, बाँकेलाई नेपालगन्ज ग्रिनसिटी प्रालिले आधा कठ्ठा जग्गा निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । उक्त कम्पनीले युनियन बाँकेलाई जग्गा दिने निर्णय गरेको नेपालगन्ज ग्रिनसिटीका प्रबन्ध निर्देशक रसिद कुरैसीले जानकारी दिएका छन् ।

    images

    ‘युनियन बाँकेको आग्रहलाई स्वीकार गरेर हाम्रो कम्पनीले निःशुल्क रुपमा आधा कठ्ठा (१० धुर) जग्गा उपलब्ध गराउने पक्का भइसकेको छ,’ उनले भने ‘केहीदिन भित्रै हामी युनियन बाँकेको नाममा जग्गा नामसारी गरिदिन्छौं, अब युनियनले लालपुर्जा पाईहाल्छ ।’ संगठनका लागि जग्गा खोज्न युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले नेतृत्वदायी र प्रेस युनियन बाँकेका अग्रज श्रीराम सिग्देलले समन्वयकारी भूमिका निभाएका थिए ।

    संस्थालाई जग्गा प्राप्तीका लागि सरकारी तथा गैर सरकारी निकाय, सामाजिक तथा धार्मिक संघ संस्था, दाता लगायतलाई आग्रह गर्ने निर्णय गरेको थियो । बैठकले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र संस्थाका लागि आवश्यक पर्ने जग्गा खोजी गर्न विभिन्न सरकारी तथा गैर सरकारी निकाय र जग्गा दातासँग छलफल, समन्वय गर्न अध्यक्ष ओलीलाई नै सम्पूर्ण जिम्मेवारी दिने निर्णय गरेको थियो ।

    गत बैशाखमा नेपालगन्ज ग्रिनसिटी प्रालि समक्ष प्रस्तावना पेश गरेपछि कम्पनीले युनियन बाँकेलाई निःशुल्क जग्गा उपलब्ध गराएको हो ।युनियनको आफ्नै जग्गा भएपछि अब भवन निर्माण गर्ने बाटो खुलेको ओलीले बताएका छन् । ‘जग्गा उपलब्ध गराउनु हुने दाता कम्पनीलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,’ उनले भने ।

    नेपालगन्ज ग्रिनसिटी प्रालिबाट युनियन बाँकेले निःशुल्क जग्गा प्राप्त गरेको कुरा प्रेस युनियन बाँकेको सम्पन्न १२ औं जिल्ला अधिवेशनको उद्घाटन शत्रमा कम्पनीका प्रबन्ध निर्देशक कुरैसीको आग्रहमा अध्यक्ष ओलीले औपचारिक रुपमा घोषणा गरेका थिए । प्रालीको बोर्ड बैठकले पनि औपचारिक निर्णय गरिसकेको प्रबन्ध निर्देशक कुरैसीले बताए ।


    तेस्रो आँखा