• ट्रेण्डिङ्ग :
एक करोड रूपैयाँभन्दा धेरै कर तिर्ने करदाताको संख्या पुग्यो ३ हजार

एक करोड रूपैयाँभन्दा धेरै कर तिर्ने करदाताको संख्या पुग्यो ३ हजार


  • 3.6K
    SHARES
    • श्रावण ३०, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 5.5K Views

    एक करोड रूपैयाँभन्दा धेरै कर तिर्ने करदाताको संख्या पुग्यो ३ हजार

    काठमाडौं ३० साउन/ वार्षिक एक करोड रूपैयाँभन्दा बढी कर तिर्ने करदाताको संख्या करिब तीन हजार पुगेको छ। आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार वार्षिक एक करोड रूपैयाँभन्दा बढी कर बुझाउने करदाताको संख्या दुई हजार ९ सय ९१ पुगेको हो ।

    images

    धेरै कर बुझाउने ५० करदाताले ४४ प्रतिशत भार बोकेको छन् । गत वर्ष दुई खर्ब १२ अर्ब ५६ करोड रूपैयाँ राजस्व ५० करदाताले तिरेको देखिएको हो । त्यसमध्ये पनि दस करदाताले मात्रै एक खर्ब ८ अर्ब ३० करोड रूपैयाँ राजस्व बुझाएको आन्तरिक राजस्व विभागको तथ्यांकमा उल्लेख गरिएको छ।

    धेरै तिर्ने पाँच सय करदाताले ३ खर्ब १९ अर्ब ९४ करोड अर्थात् ६६. ६८ प्रतिशत र धेरै तिर्ने एक हजार करदाताले ३ खर्ब ४२ अर्ब १८ करोड अर्थात ७१.३२ प्रतिशत राजस्वमा योगदान गरेको देखिएको छ।

    वार्षिक एक करोड रूपैयाँभन्दा पनि कम राजस्व तिर्ने करदाताबाट पनि करिब २२ प्रतिशत राजस्व उठेको छ । गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले ६ खर्ब २६ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा चार खर्ब ७९ अर्ब रूपैयाँ मात्रै उठाउन सकेको थियो ।


    तेस्रो आँखा