• ट्रेण्डिङ्ग :
सोनापुर सिमेन्टको आइपिओ सर्वसाधारणका लागि १५ दिन थप

सोनापुर सिमेन्टको आइपिओ सर्वसाधारणका लागि १५ दिन थप


  • 4.4K
    SHARES
    • भाद्र ८, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 6.8K Views

    सोनापुर सिमेन्टको आइपिओ सर्वसाधारणका लागि १५ दिन थप

    शरद रेग्मी, दाङ/ सोनापुर मिनरल्स एण्ड आयलले साउन २९ गतेदेखि आइपिओ निष्कासन गरेको थियो । भदौ ११ गतेसम्म आईपिओ भर्न समय सिमा तोकिएकोमा स्थानियहरुका लागि भने १५ दिनका लागि समय सिमा थप गरिएको छ ।

    images

    उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निस्कासन गरे पनि सुचनाको अभाबका कारण सर्बसाधारणले आईपिओ भर्न पाएका थिएनन् । सर्बसधारणले आईपिओ भर्न नपाएको गुनासो बढेपछि कंम्पनिले पन्ध्र दिन समय थप गरेको महाप्रबन्धक हरि पाठकले जानकारी दिए ।

    कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको  थियो । कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ ।

    यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्काशन गरेको हो ।

    सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता सेयरका लागि आवेदन खुल्ला गरिएकोमा यस अघिनै आईपिओ खुलेकै दिन ओभर सष्क्राईब भैसकेको कम्पनिले जनाएको छ ।


    तेस्रो आँखा