• ट्रेण्डिङ्ग :
धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा, इटहरीमा हिन्दुवादीहरूको प्रदर्शन

धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा, इटहरीमा हिन्दुवादीहरूको प्रदर्शन


  • 6.1K
    SHARES
    • भाद्र ९, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 9.4K Views

    धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा, इटहरीमा हिन्दुवादीहरूको प्रदर्शन

    सुनसरी, ९ भदौ । सम्भावित दुर्घटनालाई लिएर स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा गरेको छ ।

    images

    निषेधाज्ञा जारी भएकोले धरान शान्त छ भने, धरान प्रवेश गर्ने नाका तरहरामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ । त्यस्तै इटहरीमा भने हिन्दुवादीहरूले प्रदर्शन गरिरहेका छन् ।

    धरान उपमहानगरपालिकामा जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेसँगै इटहरीबाट तरहरातर्फ र्‍याली निकालेका हुन् । हिन्दुवादीहरूले गाई हाम्री आमा हुन्, आमा काट्न पाइँदैन, हिन्दु राष्ट्र कायम गर्, गोवध हत्यारालाई कारबाही गर्, नेपाल सरकार मुर्दावादजस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

    सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालका अनुसार धरानमा अवस्था सामान्य रहेको र धरानमा निषेधाज्ञा भएपछि हिन्दुवादीहरूले भने इटहरीमा प्रदर्शन गरिरहेका छन् ।


    तेस्रो आँखा