• ट्रेण्डिङ्ग :
नेप्सेमा एकल अंकको वृद्धि

नेप्सेमा एकल अंकको वृद्धि


  • 4.8K
    SHARES
    • भाद्र १८, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 7.4K Views

    नेप्सेमा एकल अंकको वृद्धि

    काठमाडौं, १८ भदौ । १३ भदौयता लगातार घट्दै आएको सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ । सोमबार सेयर बजार ७.०४ अंक (० दशमलव ३५ प्रतिशत)ले बढेको छ । सोमबार नेप्से परिसूचक १९६७.८३ बिन्दुमा उक्लेर बन्द भएको हो ।

    images

    १२ भदौमा १९९८.४८ विन्दुमा रहेको सेयर बजार त्यसयता लगातार घट्दै आएको थियो । आइतबार १९६०.७८ बिन्दुमा झरेको नेप्से सोमबार भने सुधार भएको हो । सोमबार २७० सूचीकृत धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता धितोपत्र किनबेच भएको छ । त्यसबाट एक अर्ब ९ करोड ९१ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    सोमबार थ्री स्टार हाइड्रोपावरको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २७९।५० पुगेको छ । यस्तै दोल्ती पावर कम्पनी, ग्रीन भेन्चर लिमिटेड, रुरु जलविद्युत परियोजना, आशा लघुवित्त वित्तीय संस्थासहितको धितोपत्रका मूल्य समेत बढेको छ ।

    लिबर्टी इनर्जी कम्पनी, कुमारी धनवृद्धि योजना, सिक्लेस हाइड्रोपावर,आरबीबी म्युचुअल फन्ड २, ग्लोबल आईएमई फन्ड १ लगायतका धितोपत्रको मूल्य भने धेरैले घटेको छ ।


    तेस्रो आँखा