• ट्रेण्डिङ्ग :
कोशीमा हिक्मत कार्की मुख्यमन्त्रीको शपथ लिँदै

कोशीमा हिक्मत कार्की मुख्यमन्त्रीको शपथ लिँदै


  • 4.6K
    SHARES
    • भाद्र २२, २०८० शुक्रबार
    • ३ बर्षs अघि
    • 7.1K Views

    कोशीमा हिक्मत कार्की मुख्यमन्त्रीको शपथ लिँदै

    काठमाडौं, २२ भदौ । कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले  मुख्यमन्त्री नियुक्त हुँदैछन् । सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो ।

    images

    उनले आजै मुख्यमन्त्रीको शपथ लिन लागेका हुन् । सर्वोच्च अदालतले संविधानको धारा १६८ को उपधारा ३ अनुसार कोशी प्रदेशको सबैभन्दा ठूलो दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

    सर्वोच्च अदालतको पत्र बिहीबार दिउँसो मात्रै विराटनगर पुगेकाले शपथको तयारी थालिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त गरेको थियो ।

    त्यसपछि अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका रूपमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङका नाममा परमादेश जारी गरेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।


    तेस्रो आँखा