• ट्रेण्डिङ्ग :
नेप्से सूचक दोहोरो अंकले बढ्यो

नेप्से सूचक दोहोरो अंकले बढ्यो


  • 3.9K
    SHARES
    • भाद्र २४, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 6.0K Views

    नेप्से सूचक दोहोरो अंकले बढ्यो

    काठमाडौं २४ भदौ/ लामो समयको अन्तरालपछि यो साताको सुरु दिनमा नै नेप्से सूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक १०.२३ अंकले बढ्दै १९ सय ४२.६८ को विन्दुमा उक्लिएको हो ।

    images

    आज १ अर्ब ७ करोड २२ लाख १२ हजार रुपैयाँ बराबरको ४३ लाख १४ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ । हाइड्रोपावर समूह बाहेक आज १२ वटा उपसूचक धनात्मक भएका छन् । ट्रडिङ समूहको उपसूचक १।६७ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक १.२७ प्रतिशतले र फाइनान्स समूहको उपसूचक १ प्रतिशतले बढेको छ । अन्य समूहहरूको उपसूचक १ प्रतिशत कमले बढेका छन् ।

    हाइड्रोपावर समूहको उपसूचक भने आज ०.१४ प्रतिशतले घट्न पुगेको छ । आज सूर्योदय ओमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने शिवम् पावर लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ । यता हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने आज ७.८१ प्रतिशतले घट्न पुगेको छ । 

     


    तेस्रो आँखा