• ट्रेण्डिङ्ग :
वैदेशिक रोजगारीका समस्याबारे छलफल गर्न काठमाडौंमा राजदूतको जमघट

वैदेशिक रोजगारीका समस्याबारे छलफल गर्न काठमाडौंमा राजदूतको जमघट


  • 2.7K
    SHARES
    • भाद्र २५, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 4.1K Views

    वैदेशिक रोजगारीका समस्याबारे छलफल गर्न काठमाडौंमा राजदूतको जमघट

    काठमाडौं । वैदेशिक रोजगारीमा देखिएका समस्याबारे छलफल गर्न विभिन्न देशका कार्यरत नेपाली राजदूतहरु काठमाडौं आएका छन् । 

    images

    सोमबार हुने छलफलका लागि सरकारले खाडी र मलेसियाका राजदूत र श्रम सहचारीलाई बोलाएको श्रम मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए । छलफलमा केही युरोपेली मुलुकमा रहेका राजदूतलाई पनि बोलाइएको उनले बताए । 

    सर्वपक्षीय बै‌ठकमा युरोपेली देशमा रहेका राजदूतावासबाट श्रमिकको मागपत्र प्रमाणीकरण, विदेशी जेलमा रहेका श्रमिकहरुको कानुनी उपचार, खाडी मुलुकमा घरेलु श्रमिक पठाउने जस्ता विषयमा संयुक्त छलफल हुने कार्यसूची छ । नेपाल आउन नसकेका राजदूतसँग भर्चुअल छलफल गरिने जनाइएको छ ।

    महिला श्रमिकहरुलाई झण्डै आठ वर्षदेखि खाडीका देशमा जान प्रतिबन्ध लगाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदेशमा कानुनी हैसियत प्राप्त गर्न नसकेका श्रमिकलाई वैधानिक बनाउने विषयमा पनि छलफल हुँदै छ । त्यस्ता श्रमिकको श्रम स्वीकृति नवीकरण गर्नेदेखि नेपालको सामाजिक सुरक्षा कोशमा आवद्धता गराउने विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार कुर्दिस्तान, ओमान र कुवेतमा गरी करिव ६२ हजार युवाले कानुनी हैसियत प्राप्त गर्न सकेका छैनन् । युरोपेली मुलुकबाट आउने श्रमिकको कोटा गुम्न नदिन नेपालबाटै मागपत्र प्रमाणीकरणको विषयमा पनि छलफल हुने छ । मागपत्र प्रमाणीकरण नहुँदा नेपाली युवा अवैध मार्गबाट रोजगारीका लागि विभिन्न युरोपेली मुलुक जाने गरेका छन् । शून्य लागतको कार्यान्वयन र फर्केर आउने श्रमिकको पुनर्स्थापनाको विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।


    तेस्रो आँखा