• ट्रेण्डिङ्ग :
दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से


  • 4.9K
    SHARES
    • भाद्र २६, २०८० मंगलबार
    • ३ बर्षs अघि
    • 7.5K Views

    दोहोरो अंकले घट्यो नेप्से

    काठमाडौं, २६ भदौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार बढेको बजारमा मंगलबारनै गिरावट आएको हो । मंगलबार सेयर बजार १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा रोकिएको छ ।

    images

    मंगलबार म्युचुअल फण्डबाहेक सबै उपसूचकहरु घटेका छन् । कुल २७६ धितोपत्रको २६ हजार ३०२ वटा कारोबारबाट ३९ लाख १६ हजार १६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँ कारोबार भएको छ ।

    मंगलबार शुभम् पावरको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । सामलिङ पावर, अपर स्याङगे हाइड्रोपावर, अरुण कावेली पावर, डोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।

    थ्री स्टार हाइड्रोपावरको मूल्य नेगेटिभ सर्किट लेबलमा घटेको छ । सुपर मादी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, अपर सोलु इलेक्ट्रिक कम्पनीसहितका धितोपत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।


    तेस्रो आँखा