• ट्रेण्डिङ्ग :
नेप्से ३९.४८ अंकले बढ्दा, २ हजार विन्दुमाथि उक्लियो

नेप्से ३९.४८ अंकले बढ्दा, २ हजार विन्दुमाथि उक्लियो


  • 5.6K
    SHARES
    • भाद्र २७, २०८० बुधबार
    • ३ बर्षs अघि
    • 8.7K Views

    नेप्से ३९.४८ अंकले बढ्दा, २ हजार विन्दुमाथि उक्लियो

    काठमाडौं, २७ भदौ । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३९.४८ अंकले बढेको छ । यस दिन परिसूचक दुई प्रतिशतले बढेर २००७.०६ विन्दुमा रोकिएको हो । ७ भदौमा २०१३.९३ विन्दुमा बन्द भएको सेयर बजार त्यसयता निरन्तर घट्दै आएको थियो । तेस्रो सातापछि अर्थात बुधबार सेयर बजार दुई हजार विन्दुभन्दा माथि उक्लिएको हो । 

    images

    आज १३ वटै समूहको परिसूचक बढेको छ । बढेको बजारमा सर्वाधिक कमाउनेमा हाइड्रोपावर समूहका लगानीकर्ता रहेका छन् । यो परिसूचक ३.६२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, फाइनान्स समूहको परिसूचक ३.२ प्रतिशतले वृद्धि भएको छ ।

    बरूण हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने शुभम् पावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था र अरुण कावेली हाइड्रोपावरको सेयर मूल्य नौ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

    थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आठ प्रतिशतले घटेको छ । एनआईसी एसिया बैंकको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको सात करोड ९३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । २७५ धितोपत्रको ५१ लाख ४४ हजार ७२४ हजार कित्ता एक अर्ब ४९ लाख रुपैयाँमा करोबार भएको छ ।


    तेस्रो आँखा