• ट्रेण्डिङ्ग :
नँया क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियामाथि पश्चिमा मुलुकहरु आक्रोशित

नँया क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियामाथि पश्चिमा मुलुकहरु आक्रोशित


  • 9.3K
    SHARES
    • कार्तिक ४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.3K Views

    नँया क्षेप्यास्त्र परीक्षण गरेपछि उत्तर कोरियामाथि पश्चिमा मुलुकहरु आक्रोशित

    ४ कात्तिक, काठमाडौं ।  अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम अगाडि बढाएकोमा अमेरिकासहितका पश्चिमा मुलुकहरु आक्रोशित बनेका छन्

    images

    BM2.jpg

    अमेरिका, बेलायत र फ्रान्सले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षणलाई ‘उक्साहटपूर्ण कदम’भन्दै निन्दा गरेका छन् ।

    पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि तीन मुलुकले उत्तर कोरियाको निन्दा गरेका हुन् । राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठकपूर्व बेलायत, फ्रान्स र अमेरिकाका राजदूतले नयाँ खाले क्षेप्यास्त्र परीक्षण उक्साहटपूर्ण भनेका छन् ।

    त्यस्तै आयरल्याण्डकी राजदूत गेराल्डिन बायर्न नेसनले समेत उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण राष्ट्रसंघीय सुरक्षा परिषद्विपरीत भएको बताएकी छन् ।

    BM1.jpg

    अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम अगाडि बढाएकोमा अमेरिकासहितका पश्चिमा मुलुक आक्रोशित बनेका छन् । राष्ट्रसंघका लागि अमेरिका, बेलायत, आयरल्याण्ड र फ्रान्सका राजदूतको पछिल्लो टिप्पणीले समेत यही पुष्टि गर्छ ।

    नेता किम जोङ उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको हनोइ सम्मेलन परिमाणमुखी हुन नसकेपछि उत्तर कोरियाले दुई वर्षदेखि आफ्नो सैन्य क्षमतामा थप सुधार गर्दै आएको छ ।

    राष्ट्रसंघीय प्रतिबन्ध अनुसार उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न पाउँदैन । तर पछिल्लो समय पनडुब्बीबाट हान्न मिल्ने, आणविक र तीव्र गतिका हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

    BM 3.jpg

    उत्तर कोरियाले आफ्नो सुरक्षाका लागि अपरिहार्य भएको भन्दै क्षेप्यास्त्र परीक्षणको बचाउ गर्दै आएको छ । कोरियाली प्रायद्धीपमा चर्कँदो तनावका लागि अमेरिका दोषी रहेको ऊसको भनाइ छ ।


    तेस्रो आँखा