• ट्रेण्डिङ्ग :
एमालेको बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु

एमालेको बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु


  • 6.7K
    SHARES
    • आश्विन १२, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 10.4K Views

    एमालेको बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु

    काठमाडौँ, १२ असोज । नेकपा (एमाले) बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मतदान केही बेरअघि सुरू भएको अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

    images

    अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलको उम्मेदवारी छ । सचिवमा सिन्धुपाल्चोकका हस्त पण्डित र ललितपुरका नवराज सिलवालबीच प्रतिस्पर्धा हुँदैछ । चितवन, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा सर्वसम्मत सदस्य छानिएको छ ।

    एमाले बागमतीमा १ हजार १६४ जना प्रतिनिधि छन् । भोटिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । ४० वटा भोटिङ मेसिन प्रयोग गरिएको मतपरिणाम साँझसम्म आइसक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।


    तेस्रो आँखा