• ट्रेण्डिङ्ग :
उद्धव थापाले दिए दलको नेताबाट राजीनामा

उद्धव थापाले दिए दलको नेताबाट राजीनामा


  • 5.2K
    SHARES
    • आश्विन २७, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 8.0K Views

    उद्धव थापाले दिए दलको नेताबाट राजीनामा

    काठमाडौं, २७ असोज । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन् । शनिबार प्रदेश संसदीय दलको बैठकपछि उनले राजीनामा दिएका हुन् ।

    images

    नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिएको बताएका छन् । थापा कोशी प्रदेशमा दुई पटक मुख्यमन्त्री भएका थिए । उनलाई दुई पटक नै अदालतले पदच्युत गरेको थियो ।

    केदार कार्की कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको थियो । कार्कीले एमालेको साथ पाएपछि गठबन्धनको निर्णयलाई पन्छ्याएर उनी मुख्यमन्त्री बनेका हुन् ।


    तेस्रो आँखा