काठमाडौं, १४ पुस । हिमाली जिल्लाहरुमा मंगलबार रातिदेखि नै हिमपात भएको छ। हिमाली जिल्लाहरु डोल्पा, हुम्ला, मुगु, जुम्लामा मंगलबार रातिबाट हिमपात भएको हो। हिमपातका कारण ती जिल्लाहरुमा अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ। जुम्ला प्रशासनले चिसोबाट बच्न न्यानो भएर बस्न आग्रहसमेत गरेको छ।
जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन्।
ुबालबालिका र बृद्धबृद्धालाई न्यानो तथा शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरिएको छ। प्रशासनले कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा खबर गर्नसमेत अनुरोध गरेको छ।


