• ट्रेण्डिङ्ग :
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै


  • 3.0K
    SHARES
    • आश्विन २८, २०८० आइतबार
    • ३ बर्षs अघि
    • 4.6K Views

    कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै

    विराटनगर २८ असोज/ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीको शपथ कार्यक्रम राखिएको जनाएको छ ।

    images

    कार्कीलाई शनिबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    नेपाली कांग्रेसका आठ र नेकपा ९एमाले०का ३९ सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्कीका पक्षमा बहुमत पुगेको थियो । कोसी प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्छ ।


    तेस्रो आँखा