• ट्रेण्डिङ्ग :
सुदूरपश्चिमका भेडाच्याङ्ग्रा पोखरामा

सुदूरपश्चिमका भेडाच्याङ्ग्रा पोखरामा


  • 7.3K
    SHARES
    • आश्विन २९, २०८० सोमबार
    • ३ बर्षs अघि
    • 11.3K Views

    सुदूरपश्चिमका भेडाच्याङ्ग्रा पोखरामा

    लेखनाथ । सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुराबाट भेडाच्याङ्ग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट दुई हजारभन्दा धेरै भेडाच्याङ्ग्रा ल्याइएको हो ।

    images

    पोखरा महानगरमा भेडाच्याङ्ग्रा भित्रिएकासँगै दसैँको रौनक थप भएको छ । बाजुराका २८ वर्षीय सर्पलाल थापाले करिब एक महिना लगाएर भेडाच्याङ्ग्रा पोखरा ल्याएको बताउनुभयो । चीनको तिब्बतबाट खोजेर उहाँले भेडाच्याङ्ग्रा पोखरा ल्याउनुभएको हो । “तिब्बतमा खोज्न जाँदा १० दिन लाग्यो । सबै एउटै ठाउँमा पाइएन । २६/२७ दिनमा बाजुरा ल्याएका थियौँ,” थापा भन्नुहुन्छ, “त्यसपछि तीन दिन तीन रातमा गाडीमा पोखरा ल्याइपु¥यायौँ ।”

    बाजुराका थापा पोहोर पनि भेडाच्याङ्ग्रा लिएर पोखरा आउनुभएको थियो । ७२ वटा भेडाच्याङ्ग्रा लिएर शनिबार पोखरा आउनुभएका उहाँले आइतबार बिहानसम्म पाँच वटा बेचिसक्नुभएको छ ।  

    यस पटक भेडाच्याङ्ग्राको मूल्य व्यापारीले ३५ हजारदेखि ५७ हजार रुपियाँसम्म तोकेका छन् । गत वर्ष पोखरामा भेडाच्याङ्ग्राको मूल्य ३२ हजारदेखि ४८ हजार रुपियाँसम्म थियो । बझाङबाटै आउनुभएका अर्का व्यापारी भीमबहादुर जेठारा एउटा च्याङ्ग्राको मूल्य बढीमा ५७ हजार रुपियाँसम्म पर्ने बताउनुहुन्छ । “हामीले खरिद गर्दा नै ५३ हजार रुपियाँ हाल्यौँ । यता भेटेरिनरी बनाएको, गाडीमा ल्याउँदा र बिच बिचमा पैसा तिर्दा धेरै नै खर्च भयो,” उहाँ भन्नुहुन्छ, “एक लाख २० हजार त गाडीभाडा नै लाग्यो ।”

    जेठारा एक सय पाँच वटा भेडाच्याङ्ग्रा लिएर पोखरा आउनुभएको हो । आइतबार दिउँसोसम्म उहाँले १५ वटा भेडाच्याङ्ग्रा बिक्री गरेको उल्लेख गर्नुभयो । “हामीले नै २८/२९ हजार रुपियाँमा खरिद गरेका हौँ । गाडीभाडा, अरू खर्च गर्दा हामीलाई पनि केही फाइदा हुनुप¥यो । २८ देखि ४० हजार रुपियाँ मूल्य तोकेका छौँ,” उहाँ भन्नुहुन्छ ।   

    पोखरामा मुख्य गरी मनाङ, मुस्ताङ र म्याग्दीका व्यापारीले भेडाच्याङ्ग्रा ल्याउने गरेका छन् । उनीहरूका भेडाच्याङ्ग्रा भने पोखरा आइपुगेका छैनन् । कोरोना महामारीपछि बन्द मुस्ताङको कोरला नाका र अन्तरदेशीय व्यापार मेलासमेत नहुँदा मुस्ताङमै च्याङ्ग्राको मूल्य आकासिएको छ । नाका बन्द हुँदा मुस्ताङीले तिब्बतबाट पाठापाठी ल्याउन पाएका छैनन् । 


    तेस्रो आँखा