• ट्रेण्डिङ्ग :
बागमती प्रदेश सरकार सञ्चालनमा आलोपालो नेतृत्व गर्न कांग्रेस र एकीकृत समाजवादी सहमत

बागमती प्रदेश सरकार सञ्चालनमा आलोपालो नेतृत्व गर्न कांग्रेस र एकीकृत समाजवादी सहमत


  • 7.7K
    SHARES
    • कार्तिक ४, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.8K Views

    बागमती प्रदेश  सरकार सञ्चालनमा  आलोपालो नेतृत्व गर्न कांग्रेस र एकीकृत समाजवादी सहमत

     ४ कात्तिक, काठमाडौं । बागमती प्रदेशमा सरकारको आगामि नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

    images

    बिहीबार प्रदेशसभाको विपक्षी गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बैठकले प्रदेशसभाको कार्यकालको आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमतिएको हो

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले प्रदेशसभाको आधा कार्यकाल एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा समर्थन गर्ने र बाँकी आधा कार्यकाल कांग्रेसका ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री हुने सहमति भएको जानकारी दिइन् ।

    नेकपा एकीकृत समाजवादीका नेताहरुले भने मुख्यमन्त्री पद आधा आधा कार्यकाल बाडफाँट गर्ने सहमतिबारे अनभिज्ञता प्रकट गरेका छन् । एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले आलोपालाको सहमति नभएको जिकिर गरे ।

    बिहीबार गठबन्धनका दलहरुबीच ३ बुँदे सहमति भएको र त्यसमा बजेट, मन्त्रिपरिषद गठन र राजनीतिक नियुक्ति सहमतिका आधारमा गर्ने उल्लेख गरिएको उनले बताए । ‘३ बुँदे सहमति भएको हो, अरु कुरा थाहा छैन’लम्सालले भने ।

    हाल बागमतीमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छिन् । उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभामा विचाराधीन छ । अब उक्त प्रस्तावमा कात्तिक १० गते मतदान हुनेछ । २०७४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनबाट गठन भएको बागमती प्रदेशसभाको कार्यकाल अब एक वर्ष र केही महिना बाँकी छ । 


    तेस्रो आँखा