• ट्रेण्डिङ्ग :
भारतीय प्रधानमन्त्री मोदीद्वारा जाजरकोट भूकम्पप्रति दुःख व्यक्त – सहयोग गर्न भारत तयार छ

भारतीय प्रधानमन्त्री मोदीद्वारा जाजरकोट भूकम्पप्रति दुःख व्यक्त – सहयोग गर्न भारत तयार छ


  • 5.1K
    SHARES
    • कार्तिक १८, २०८० शनिबार
    • ३ बर्षs अघि
    • 7.8K Views

    भारतीय प्रधानमन्त्री मोदीद्वारा जाजरकोट भूकम्पप्रति दुःख व्यक्त – सहयोग गर्न भारत तयार छ

    काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएराति गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले नेपाली जनताको दुःखमा भारत पनि सँगै उभिएको बताउँदै सम्भव भएसम्मका सबै सहयोग गर्न भारत तयार रहेको बताएका छन् ।

    images

    उनले भूकम्पबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले यस्तो धारणा राखेका हुन् । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या डेढ सय नाघिसकेको छ ।


    तेस्रो आँखा