• ट्रेण्डिङ्ग :
सेयर बजारमा दोहोरो अंकको गिरावट 

सेयर बजारमा दोहोरो अंकको गिरावट 


  • 2.9K
    SHARES
    • कार्तिक २३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सेयर बजारमा दोहोरो अंकको गिरावट 

    काठमाडौं २३ कात्तिक/ साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । अघिल्ला तीन दिन लगातार बढेको बजार बिहीबार भने ११.८५ अंक घटेको हो ।

    images

    सो अंकको गिरावटपछि नेप्से १८५२ विन्दुमा कायम भएको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ७८ करोड २७ लाख रुपैयाँको कारोबार भएकोमा बिहीबार ८३ करोड ६० लाख रुपैयाँको कारोबार भयो । कुल ५७ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ५ को स्थिर रह्यो ।

    बिहीबार कुनै पनि क्षेत्रका सूचक हरियो हुन सकेन । सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ २, विकास बैंक १५, फाइनान्स २१, होटल तथा पर्यटन ३९, जलविद्युत् १६, जीवन बीमा १०१, उत्पादन १२, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३९, अन्य २२ र ब्यापार उपसमूह ३ अंक घटे ।


    तेस्रो आँखा