• ट्रेण्डिङ्ग :
नेपाली राष्ट्रिय फुटबल टिमले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

  • 7.6K
    SHARES
    • कार्तिक ५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    नेपाली राष्ट्रिय फुटबल टिमले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौँ, कात्तिक ५ । 
    नेपाली २३ वर्ष मुनीको राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले ताजिकिस्तानको गासर सेन्ट्रल मैदानमा इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे  सुरु हुनेछ । एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

    images

    तेस्रो आँखा