काठमाण्डौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने मिति तोकेको छ। कम्पनीले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागेको सूचनामा उल्लेख छ।
यस अघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरिसकेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्य कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्काशन गरेको छ भने २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका र ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।
यस बाँडफाँट पछि बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर कम्पनीले १०० रुपैयाँका दरले अब सर्वासाधरणलाई खुलाउने भएको हो।
