• ट्रेण्डिङ्ग :
आज पनि बढ्यो सुनको भाउ 

आज पनि बढ्यो सुनको भाउ 


  • 3.6K
    SHARES
    • मंसिर १३, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.5K Views

    आज पनि बढ्यो सुनको भाउ 

    काठमाडौं १३ मंसिर/ सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो ।

    images

    बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि सोमबार प्रतितोला एक लाख १७ हजार ४०० तथा मंगलबार प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधबार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५२० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य २० रुपैयाँ बढेको हो ।


    तेस्रो आँखा