• ट्रेण्डिङ्ग :
सीमामा ‘तस्करी’ नदेख्ने सीसी क्यामेरा

सीमामा ‘तस्करी’ नदेख्ने सीसी क्यामेरा


  • 10.3K
    SHARES
    • कार्तिक ५, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 15.8K Views

    सीमामा ‘तस्करी’ नदेख्ने सीसी क्यामेरा

    नेपालगञ्ज, कात्तिक ५ । 

    images

    तस्करी नियन्त्रण गर्ने भन्दै प्रहरीले नेपाल–भारत सीमा जमुनाहमा सीसी क्यामेरा जडान ग¥यो । सीमा क्षेत्र जमुनाहमा जडान गरिएको उक्त क्यामेरा जमुनाह प्रहरी इन्चार्जको अधिनमा छ । तस्करी न्यूनीकरण गर्ने उद्देश्य जडान गरिएको सीसी क्यामेरा जडान गर्दा पनि सीमा क्षेत्रबाट हुने चोरीपैठारी र तस्करीका घटनामा न्यूनीकरण हुन सकेका छैन ।
    दैनिकरूपमा घरायसी सामान ओसारपसार गर्नेहरुलाई सीमा क्षेत्रका प्रहरी, भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने गरेका छन् भने ठूला तस्करीले मूल नाका प्रयोग नगरि भित्री नाकाहरु प्रयोग गर्दा सीसी क्यामेराको प्रभावकारी भूमिका देखिन सकेका छैन । उसोतः सीसी क्यामेरा जडान भएको यति लामो समयसम्म पनि एकजना तस्करीलाई प्रहरीले शंकाको घेरामा समेत ल्याएको देखिँदैन । जसले पनि पृष्टि गर्छकी, ‘सीसी क्यामेरा न्यूनीकरणका लागि होइन, तस्करी धम्क्याउन जडान गरिएको हो ।’ यो आरोप तेस्रो आँखाको भने होइन । सीमा क्षेत्र ओहोरदोहार गर्ने जो सुकै नागरिकले यसै आरोप लगाउँछन् र तस्करी न्यूनीकरण नहुँदाको खण्डन गर्छन ।
    सर्वसाधारणहरु यति मात्र होइन, सीमा क्षेत्रमा सुरक्षाका लागि परिचालन गरिएका प्रहरी, भन्सारका कर्मचारी आफैँ पैसा असुलीमा लाग्ने गरेको आरोप लगाउँछन् । दसैंभन्दा केही दिन अघि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा एसपी श्यामकृष्ण अधिकारी सर्वसाधारणको भेषमा छट्के निरीक्षणमा जाँदा त्यहाँ परिचालन गरिएका प्रहरी नेतृत्वदेखि सबै प्रहरीको सुरुवा भयो । सीमा क्षेत्रका प्रहरीले सर्वसाधारणलाई दुःख दिन खोजेको, पैसा संकलन गर्ने गरेको देखिएपछि एसपीले त्यहाँ परिचालन गरिएका प्रहरी नेतृत्वदेखि जवानसम्मको सरुवा गरेको बुझिएको छ । एकजना सशस्त्र प्रहरीका अनुसार नेपाल–भारत क्षेत्र जमुनाह नाकामा खटिएका सशस्त्र प्रहरीले सर्वसाधारणबाट पैसा असुली गर्दा उनीहरु पनि कारबाही परेका थिए । ति सशस्त्र प्रहरीका अनुसार चारजना सशस्त्र प्रहरीलाई कारबाही गरिएको थियो । यी घटनाले पनि सीमा क्षेत्रमा तस्करीलाई प्रसय दिने गरी सुरक्षाकर्मी आफैँ रकम असुलीमा लागेको उदाहरण पुष्टि गर्छ ।
    यतिबेला चाडपर्व सुरु भएकाले पनि सीमा क्षेत्रमा तस्करी बढ्दो छ । दैनिक घरायसी सामानदेखि, कृषिजन्य वस्तु, औद्योगिक सामग्री, मासुजन्य सामग्रीलगायत सीमा क्षेत्रमा भन्सार छलि गरेर तस्करीले सामान नेपाल प्रवेश गराउँछन् । ‘कुन तस्करीले कुन बाटो प्रयोग गर्छ त्यो प्रहरीलाई थाहा हुन्छ,’ एकजना सर्वसाधारणले प्रहरीलाई आरोप लगाउँदै भने, ‘तर प्रहरी देखेर नदेखेझैं गर्न विवश छ ।’ सीमा क्षेत्रमा आउँदा ठूलो धनराशी खर्च गरेर आउने प्रचलन भएको भन्दै उनले भने, ‘आफ्नो लगानी उठाउन पनि तस्करीका अगाडि प्रहरी चुपचाप बस्नुपर्ने अवस्था छ ।’ यदी सीमा क्षेत्रमा पैसा नलिइ इमान्दार र कर्तव्यनिष्ठ प्रहरीलाई परिचालन गरे तस्करी आफैँ न्यूनीकरण हुने उनको भनाइ छ ।
    सीमामा सीसी क्यामेरा तस्करी नियन्त्रणभन्दा तस्करीलाई धम्क्याउन जडान गरिएको अर्का एक सर्वसाधारणले बताए । ‘सीसी क्यामेरा जडान भएदेखि तस्करी नियन्त्रणमा आएको छैन,’ उनी भन्छन्, ‘तस्करी मूल बाटोभन्दा भित्री बाटोबाट प्रवेश गर्छन् । यहाँ त धम्क्याउन मात्र क्यामेरा जडान गरिएको हो ।’
    यता सीमा सुरक्षा प्रहरी प्रमुख तथा प्रहरी नायब निरीक्षक (सइ) मिनबहादुर बिष्टले आरोपको खण्डन गरे । उनले पुष्टि नभएका आरोपको औचित्य नहुने भन्दै बाहिर मानिसले लगाएको आरोप जस्तो अवस्था नभएको बताए । दसैंयता उक्त सीसी क्यामेराको आधारमा प्रहरीले ५÷६ जना युवायुवतीलाई नियन्त्रणमा लिएको छ । शंकास्पद हिसाबले नेपालबाट भारत जाँदै गर्दा उनीहरुलाई पक्राउ गरेको सीमा सुरक्षा प्रहरीले जनाएको छ । उनीहरु तस्करीभन्दा केटी भगाए जान लागेको शंकामा प्रहरीले नियन्त्रणमा लिएको थियो । तस्करीभन्दा सीमा क्षेत्रमा आएका नागरिकको सामान सुरक्षा, बालबालिका, महिलाहरुको तस्करी नियन्त्रणमा सीसी क्यामेराले महŒवपूर्ण भूमिका निर्वाह गरेको सीमा सुरक्षा प्रहरी जमुनाहका सइ बिष्टले बताए । ‘नेपाल प्रहरी मात्र होइन, सशस्त्र प्रहरी र भन्सारका कर्मचारी सीमा क्षेत्रमा परिचालन भएका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा तस्करी सम्भव छैन ।’ 

     


    तेस्रो आँखा