• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च


  • 4.4K
    SHARES
    • मंसिर १७, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.8K Views

    सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौँ १७ मंसिर/ नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आज ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो ।

    images

    अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो । जुन, आज ८०० ले बढेर तोलामा १ लाख २० हजार ८०० पुगेको हो । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँ कायम छ ।

    यस्तै, आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ । यो गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४० रुपैयाँ कायम थियो ।


    तेस्रो आँखा