• ट्रेण्डिङ्ग :
सुनको भाउ तोलामा ५६ सयले घट्यो

सुनको भाउ तोलामा ५६ सयले घट्यो


  • 3.3K
    SHARES
    • मंसिर २७, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.1K Views

    सुनको भाउ तोलामा ५६ सयले घट्यो

    काठमाडौं । नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको हो ।

    images

    मंसिर १८ गते छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो घटेको सुनको भाउ बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम भएको छ ।

    बुधबारको यो मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ कम हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ कम हो भने पुस १८ को अधिकतम मूल्यभन्दा १४५ रुपैयाँ कम हो । पुस १८ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको थियो ।


    तेस्रो आँखा