• ट्रेण्डिङ्ग :
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो


  • 4.2K
    SHARES
    • मंसिर ३०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.5K Views

    पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

    काठमाडौं ३० मंसिर/ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो ।

    images

    निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।


    तेस्रो आँखा