धनगढी , कात्तिक ६ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली ईलेक्सन’ सम्भव नरहेको बताएका छन् । उनले संसद पुरै अवधि कायम रहनु पर्नेमा जोड दिए । बाढी पहिरोका कारण भएको क्षेती अवलोकन तथा कांग्रेसले बिभिन्न स्थानमा आयोजना गरेको भेलालाई सम्बोधन गर्न सुदुरपश्चिम पुगेका पौडेलले भने ‘अर्ली ईलेक्सन सम्भव छैन, संसद पुरै अवधि कायम रहन्छ ।’
फलतः सरकारले संसदको काम कारवाही अघि बढाएर क्षेमता बढाउनु पर्ने पौडेलको भनाई छ । ‘अर्ली ईलेक्सनको बहसमा लाग्ने हैन, संसदको काम अघि बढाएर सरकारले आफ्नो क्षेमता देखाउनु पर्छ,’ पौडेलले भने ।
