• ट्रेण्डिङ्ग :
कर्णालीबाट माओवादीमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

कर्णालीबाट माओवादीमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य


  • 7.9K
    SHARES
    • पौष १९, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    कर्णालीबाट माओवादीमा २९ केन्द्रीय सदस्य, मुगु र दैलेख शून्य

    सुर्खेत, १९ पुस । माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका १० जिल्लाबाट २९ जना केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन्। तर, मुगु र दैलेखबाट एकजना पनि परेका छैनन्।

    images

    केन्द्रीय सदस्यमा सबैभन्दा बढी जाजरकोटबाट र सबैभन्दा कम डोल्पाबाट परेका छन्। जाजरकोटबाट आठजना केन्द्रीय सदस्य चयन हुँदा डोल्पाबाट एकजना मनोनीत भएका छन्।

    जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्या पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक चयन भएका छन् । सत्य पहाडी शक्तिबहादुर बस्नेत र कृष्णा शाह रामदीप आचार्यको श्रीमती हुन्।

    सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्य भएका छन् । घर्ती विष्टकी श्रीमती हुन्। 

    रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन केन्द्रीय सदस्यमा चयन भएका छन् । जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर केन्द्रीय सदस्य चयन भएका छन् । 

    कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी तथा डोल्पाबाट काली चलाउने केन्द्रीय सदस्य चयन भएका छन्। 


    तेस्रो आँखा