• ट्रेण्डिङ्ग :
सरकाले देशलाई बर्बाद गरिसक्यो, प्रधानमन्त्री फेर्नैपर्छ : शेखर कोइराला

सरकाले देशलाई बर्बाद गरिसक्यो, प्रधानमन्त्री फेर्नैपर्छ : शेखर कोइराला


  • 3.6K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.6K Views

    सरकाले देशलाई बर्बाद गरिसक्यो, प्रधानमन्त्री फेर्नैपर्छ : शेखर कोइराला

    फिदिम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डमा शीर्ष नेताहरूकै हात रहेको बताएका छन् । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको बताए ।

    images

    "सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो, एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ," उनले भने ।

    देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठूल्ठूला भ्रष्टाचार गरेको कोइरालाको दाबी छ । उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने पनि बताए । देशलाई निकास दिन प्रधानमन्त्री फेर्ने प्रयास भइरहेको कोइरालाको भनाइ छ ।

    अहिलेको सरकाले देशलाई बर्बाद गरेको उनले जिकिर गरे । "देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो," उनले भने, "संसदीय व्यवस्थामा गणितको खेल हुन्छ । राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौँ ।"


    तेस्रो आँखा