• ट्रेण्डिङ्ग :
झापामा हात्तीको आक्रमणमा एक जनाको मृत्यु

झापामा हात्तीको आक्रमणमा एक जनाको मृत्यु


  • 3.8K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.8K Views

    झापामा हात्तीको आक्रमणमा एक जनाको मृत्यु

    बिर्तामोड । झापामा जङ्गली हात्तीको आक्रमणमा परि घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ सृजना टोलका ४६ वर्षीय मेघराज राईको मृत्यु भएको छ। 

    images

    घरमै सुतिरहेको उनलाई बिहीबार राति १ बजे राईको घर भत्काएर आक्रमण गरी ज्यान लिएको झापा प्रहरीले जनाएको छ। उनको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ। 

    हात्तीले धमाधम घर भत्काउन थालेपछि परिवारका अन्य सदस्यको उद्धार गर्ने क्रममा घर मुली राईको हात्ती कुल्चिएर राईको मृत्यु भएको हो। हात्तीले राईको घरमा भएको अन्न खानुको साथै राईको घरको समेत बेरा भत्काइदिएको छ। मृत्यु भएका राईको हाल शवलाई पोष्टमर्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। 


    तेस्रो आँखा