• ट्रेण्डिङ्ग :
सुनको कारोबारमा उल्लेख्य गिरावट

सुनको कारोबारमा उल्लेख्य गिरावट


  • 2.2K
    SHARES
    • पौष १४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 3.4K Views

    सुनको कारोबारमा उल्लेख्य गिरावट

    काठमाडौँ । बजारमा सुनको कारोबारमा उल्लेख्य गिरावट आएको छ । सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा सुनको कारोबार घटेर २५ प्रतिशतमा झरेको हो । लगनको समय नभएको र लगातार मूल्य बढेका कारण सुनको कारोबार ठप्प अवस्थामा रहेको हो ।

    images

    अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि सुनको कारोबारमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले एक महिनादेखि लगातार सुनको मूल्य बढेकाले कारोबार ठप्प अवस्थामा पुगेको जानकारी दिए । लगनको सिजन नहुनु, मूल्य निरन्तर बढ्दै जानु, उपभोक्ताको क्रयशक्ति नहुनु र बजारमा सुनको माग न्यून हुँदा कारोबारमा गिरावट आएको उनको भनाइ छ ।


    तेस्रो आँखा