• ट्रेण्डिङ्ग :
कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता

कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता


  • 7.9K
    SHARES
    • पौष २०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता

    सुर्खेत, १९ पुस । कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य तीन पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित गठबन्धन दलकातर्फ तीन जना र नेकपा एमालेकातर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    images

    गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत), नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) ले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट चुडामणि शर्मा (सुर्खेत), पदमबहादुर माझी (दैलेख) र गंगा थापा महत (जुम्ला) ले राष्ट्रियसभा पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

    कर्णालीमा प्रदेश सभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख,उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष  गरी एक सय ५६ गरी एक सय ९१ जनाले मतदान गर्ने छन् ।