• ट्रेण्डिङ्ग :
एमालेले सात प्रदेशका १९ वटै सिटमा उम्मेदवारको टुंगो लगायो 

एमालेले सात प्रदेशका १९ वटै सिटमा उम्मेदवारको टुंगो लगायो 


  • 3.8K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.9K Views

    एमालेले सात प्रदेशका १९ वटै सिटमा उम्मेदवारको टुंगो लगायो 

    काठमाडौं २२ पुस/ नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीबाट उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । १९ वटै सिटमा उम्मेदवारीको टुंगो लगाएको एमालेका महासचिव शंकर पोखरेलले जानकार दिएका छन् । एमालेले सात प्रदेशका १९ सिटमै उम्मेदवारीको टुंगो लगाएर टिकटसमेत दिइसकेको छ ।

    images

    एमालेले राष्ट्रिसयभा सदस्यको उम्मेदवारहरमा बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मा र अपांगतातर्फ विवेक देवकोटालाई एमालेले उम्मेदवार बनाएको छ । अन्य क्लस्टरबाट चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार बनेका छन् । 

    कोशी प्रदेशमा अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रूक्मिणी कोइराला उम्मेदवार बन्ने भएका छन् । लुम्बिनी प्रदेशबाट अन्य समूहबाट पाल्पाका झपिन्द्रबहादुर बिसी र महिलातर्फ तुलशा केसी उम्मेदवार बनेका छन् । एमालेले मधेस प्रदेशमा पनि उम्मेदवार टुंगो लगाएको छ । अन्य समूहबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषा चौधरीलाई मधेस प्रदेशबाट उम्मेदवार बनाउने भएको छ ।
     
    कर्णालीमा अन्य क्लस्टरबाट मुगुका डिल्लीराज भट्ट उम्मेदवार बन्ने भएका छन् । दलिततर्फ दैलेखका हिक्मत विश्वकर्मा र महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही उम्मेदवार बन्ने टुंगो लागेको एमालेले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा तीनै सिटमा एमालेले उम्मेदवार टुंग्याएको छ ।

    महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपांगतातर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल उम्मेदवार बन्ने टुंगो लागेको छ । गण्डकी प्रदेशमा अन्य क्लस्टरबाट बागलुङका मोहनलाल शर्मा उम्मेदवार बन्ने भएका छन् । गण्डकीकै अपांगता÷अल्पसंख्यक निर्वाचन क्षेत्रबाट मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार बन्ने भएका छन् ।  

    शुक्रबार बसेको एमालेको २६ औं सचिवालय बैठकले उम्मेदवारीको अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गर्नुपर्ने छ । फागुन २० गते राष्ट्रिय सभाका २० सांसदहरूको पदावधि सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्थाअन्तर्गत माघ ११ गते निर्वाचन हुन लागेको हो ।

    416036432_3696638647237920_7510408621821083904_n-1704623996_d6XmYnkGFJ.jpg

     


    तेस्रो आँखा