• ट्रेण्डिङ्ग :
जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 8.4K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    सुर्खेत, २१ पुस । दैलेख भगवतीमाई गाउँपालिका–२ बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ आउँदै गरेको लु.२ च ४८२९ नं.को डबल क्याप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। नारायण नगरपालिका–११ लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जीप चालक दैलैख भगवतीमाई गाँउपालिका ६ बस्ने ३० वर्षीया कृष्ण रोकाको घटनास्थलमा नै  मृत्यु भएको हो। 

    images

    जीपमा ३ जना महिला ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। 


    तेस्रो आँखा