• ट्रेण्डिङ्ग :
गैंडा मारेर फरार अभियुक्त १३ वर्षपछि पक्राउ

गैंडा मारेर फरार अभियुक्त १३ वर्षपछि पक्राउ


  • 3.8K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.9K Views

    गैंडा मारेर फरार अभियुक्त १३ वर्षपछि पक्राउ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेर फरार भएका दुई जना अभियुक्तहरू १३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा चम्का जेठा र मुक्तिबहादुर पुन छन्।

    images

    उनीहरूलाई राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको खड्ग दल गणको टोलीले मंगलबार साँझ राप्ती नगरपालिका-११ बाट पक्राउ गरेको हो।

    दुबैविरूद्ध निकुञ्जले १५ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थियो। संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार २०६७ जेठ २० गतेको फैसलाले उनीहरूलाई कैद सजाय तोकेको थियो। पक्राउ परेका व्यक्तिहरू बुधबार कारागार भरतपुरमा चलान भएका छन्।


    तेस्रो आँखा