• ट्रेण्डिङ्ग :
वाग्मती प्रदेशका सबै सडकमा तीन वर्षभित्र कालोपत्र गरिन्छ : मुख्यमन्त्री जम्कट्टेल

वाग्मती प्रदेशका सबै सडकमा तीन वर्षभित्र कालोपत्र गरिन्छ : मुख्यमन्त्री जम्कट्टेल


  • 3.6K
    SHARES
    • पौष २७, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.5K Views

    वाग्मती प्रदेशका सबै सडकमा तीन वर्षभित्र कालोपत्र गरिन्छ : मुख्यमन्त्री जम्कट्टेल

    रामेछाप । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशका सबै कच्ची सडकमा तीन वर्षभित्र कालोपत्र भइसक्ने बताएका छन् ।

    images

    मन्थलीमा आज रामेछाप उद्योग वाणिज्य सङ्घले आयोजना गरेको बृहत रामेछाप महोत्सव–२०८० को उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले सबै सडकमा कालोपत्र भइसक्ने बताएका हुन् । उनले आगामी दिनमा रु ५० लाखभन्दा कम बजेटका योजना स्थानीय तहबाटै कार्यान्वयन गर्ने गरी अख्तियारी दिने तयारी पनि भएको पनि बताए ।

    बागमती प्रदेशले उद्योग ग्राम बनाउने नीति लिएको र आगामी माघदेखि सोको कार्यान्वयन सुरु हुने बताए । त्यस अवसरमा प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले प्रदेशका अधिकांश जिल्लामा उद्योग व्यापारसहित पर्यटन समेतको प्रवर्द्धनका लागि मन्त्रालय लागेको बताए । ११ दिनसम्म चल्ने महोत्सवमा एक सय ५० प्रदर्शनी कक्ष छन् ।


    तेस्रो आँखा